
नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साम्बा सम्मानित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (सम्बा) सम्मानित भएकी छन् । सञ्चारिका समूह नेपाल मकवानपुरद्वारा आज हेटौँडामा आयोजित ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा कप्तान सम्बालाई रु ५० हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा...

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल सात हजार प्रतिशतले बढ्यो
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा सूर्यमुखी तेल छ । नेपालको आफ्नै उत्पादन नभइ बाहिरबाट आयात गरेर प्रशोधन र प्याकेजिङ गरी निर्यात...

युक्रेनी ड्रोन आक्रमणबाट रुसमा तीन जनाको मृत्यु, तेल प्रशोधन केन्द्रमा आगलागी
युक्रेनी ड्रोन आक्रमणबाट रुसको पश्चिमी क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । रुसको मध्यभागमा रहेको एक तेल प्रशोधन केन्द्रमा ड्रोनको आक्रमणपछि आगलागी समेत भएको छ । पेनजा क्षेत्रमा रहेको एक उद्योगमा भएको आक्रमणमा एक म...

पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ- जीवन परियार
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन् । कांग्रेस सूर्यविनायक नगर समितिले शनिबार आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उनले संविधान संशोधन गरेर भए पनि पूर...

थाइल्यान्डमा आँधीका कारण ६ जनाको मृत्यु
गत महिनादेखि उष्णकटिबन्धीय आँधी विफाले निम्त्याएको बाढी र पहिरोका कारण थाइल्यान्डमा छ जनाको मृत्यु भएको छ । साथै २ लाख ३० हजारभन्दा बढी मानिसहरू प्रभावित भएका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् । थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण...

मान्छेलाई खुसी पार्न झुट बोल्ने र डिलिट गरे सर्भरमा लुक्ने गरी ‘बाठो’ हुँदैछ एआई !
अबको दुई, पाँच या दश वर्षपछि कृत्रिम बुद्धिमता (एआई) कुन तहसम्म विकसित हुन सक्ला ? यसको जवाफ स्वयं एआईबाहेक अरूलाई थाहा छैन । बरू एआईले मानिसलाई खुसी पार्नकै लागि झुट बोल्ने, पुरस्कृत हुनका लागि नगरेको काम आफ्नो भनी दाबी गर्ने र कसैले डिलिट गरे सर्भ...

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासमा अहिले उनीहरूबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूबीच समसायिक विषयमा छलफल चलिरहेको बताएको छ । खासगरी राष्ट्...

नेपालको राजनीतिक आन्दोलनको जन्म ‘लेफ्ट मुभमेन्ट’बाट भएको हो- ओली
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक आन्दोलनको जन्म ‘लेफ्ट मुभमेन्ट’बाट भएको बताएका छन् । शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठा ले च्यासलमा गरेको २८ औं तुल्सीलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली ...

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प छैन- कर्णाली प्रदेश इन्चार्ज बोगटी
नेकपा (एमाले)का कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले २०८४ सालमा पार्टीलाई निर्णायक शक्ति बनाउनुको विकल्प नभएको बताएका छन् । देशले लिएको ‘समृद्ध नेपाल; सुखी नेपाली’को दीर्घकालीन लक्ष्य पूर्तिका लागि आसन्न निर्वाचनमार्फत एमालेलाई निर्णायक शक्ति...

अग्रज र सहिदका संकल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्छ- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरूका संकल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा शनिबार च्यासलमा आयोजित २८ औं तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओल...

रोजगार तथ्यांक सार्वजनिक भएपछि ट्रम्पद्वारा श्रम तथ्यांक प्रमुख बर्खास्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगार वृद्धिसम्बन्धी निराशाजनक तथ्यांक सार्वजनिक भएको केही घण्टामै श्रम तथ्यांक कार्यालयकी प्रमुख एरिका म्याकएन्टरफरलाई बर्खास्त गरेका छन् । जुलाई महिनामा मात्र ७३ हजार नयाँ रोजगारी सिर्जना भएको तथ्यांक सार्वजनिक...

दक्षिण अफ्रिकाको सुन खानीमा काम गरिरहेका १ हजार मजदुर पक्राउ
दक्षिण अफ्रिकाको उत्तर–पूर्वी क्षेत्रमा रहेको सुन खानीहरूमा काम गरिरहेका करिब एक हजार अवैध आप्रवासी मजदुरहरू पक्राउ परेका छन् । प्रहरीका अनुसार म्पुमालांगा प्रान्तको बार्बरटन गाउँ नजिकैको खानी क्षेत्रमा एक सातासम्म चलेको अपरेसनमा उनीहरू पक्राउ परेका...

जम्मू-कश्मिरको कुलगाममा भारतीय सेनाको ‘अखल अपरेशन’, तीन आतंकवादी मारिए
पहलगाम आक्रमणपछि भारतीय सेनाले आतंकवाद नष्ट गर्न चलाएको ‘अखल अपरेशन’मा तीन जना आतंकवादी मारिएका छन् । सुरक्षाकर्मीहरूले विगत १०० दिनमा १२ जना मोस्ट वान्टेड आतंकवादीलाई मारिसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २८ जुलाईमा ‘महादेव अपरेशन’मा लश्कर-...

पाकिस्तानलाई मोदीको चेतावनी- उत्तर प्रदेशमै बनेका ब्रह्मोस क्षेप्यास्त्रले आतंककारी सिध्याउनेछ !
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई कडा चेतावनी दिएका छन् । उनले अब पाकिस्तानले कुनै पनि आतंकवादी गतिविधि दोहोर्याएमा भारतले स्वदेशमै बनेका क्षेप्यास्त्रमार्फत् कठोर जवाफ दिने बताएका छन् । शनिबार उत्तर प्रदेशको वाराणसीमा आयोजित एक सार...

स्वास्थ्यका लागि कति खाना खाँदा पर्याप्त हुन्छ ?
पछिल्लो समय खाना खाने थाल/प्लेटमा दिइने खाना हेर्दा खानाको औसत मात्रा बढेको देखिन्छ । मानिसहरूले सामान्यतया कति खाना खाँदा पर्याप्त हुन्छ ? खाना खाँदा उनीहरूले कति खान्छन् भन्ने कुरा धेरै कुरामा निर्भर गर्दछ। हामीले खाने खानाको मात्रा हामीले खाएको प्...

लोकतन्त्रको जगेर्ना कांग्रेसले मात्रै गर्न सक्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्ने खतरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको भनाइ छ । नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ४ कार्यसमितिल...

नेपालको असाधारण सामर्थ्य अरूले बुझिसके, हामीले बुझ्न सकेका छैनौं- शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिएजस्तो गरिब मुलुक नभएको बताएका छन् । नवयुग उद्यमशाला कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको सामर्थ्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेका बताए । नेपालमा व्यापारको...

बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने, गुण्डा नाइके चक्रे मिलनसहित १९ जनाविरुद्ध ७ दिन म्याद थप
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रहरीले गुण्डा नाइके चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद पाएको छ। मिलनसहित ग...

राजनीति छोड्ने कमला ह्यारिसको घोषणा
अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गरेकी छिन् । 'द लेट शो विथ स्टीफन कोल्बर्ट'मा एक अन्तर्वार्तामा उनले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदको लागि उम्मेदवार नहुने घोषणा गरेकी हुन् । 'अमेरिकाको राजनीतिक प्...
![घरमै यसरी बनाउन सकिन्छ श्रावण सुहाउँदो कश्मीरी भेज दम बिर्यानी [विधिसहित]](https://lktcdn2.prixacdn.net/media/biryani_pRQU1McdAB.jpg)
घरमै यसरी बनाउन सकिन्छ श्रावण सुहाउँदो कश्मीरी भेज दम बिर्यानी [विधिसहित]
कश्मीरी भेज दम बिर्यानी बनाउन चाहिने सामग्री बासमती चामल- एक केजी पानी- साढे दुई लिटर मिक्स होल गरम मसला- दश ग्राम काश्मिरी केसर- पिन्च घ्यु- ५० ग्राम काश्मिरी स्याउ- दुई पिस फुल फ्याट दही- एक कप मिक्स भेज- १५० ग्राम पनिर- ५०ग्राम ब्रोका...

‘जवान’का लागि राष्ट्रिय पुरस्कार जितेपछि शाहरुख खानले के भने ?
बलिउड अभिनेता शाहरुख खानले आफ्नो फिल्म ‘जवान’ का लागि राष्ट्रिय चलचित्र पुरस्कार जितेपछि भारत सरकार, सूचना तथा प्रसारण मन्त्रालय र निर्णायक मण्डलप्रति आभार व्यक्त गरेका छन्। शुक्रबार उनले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै राष्ट्रिय पुरस्कारप्रति...

सीता बस्यालले दिइन् राप्रपाबाट राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी छन्। उनले शुक्रवार एक सार्वजनिक विज्ञप्तिमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएकी हुन्। बस्यालले पार्टीको केन्द्रीय सदस्य त...

रूस नजिकै २ आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको आदेश
रुससँग बढ्दो तनावकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुस नजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन् । उनले गम्भीर परिणाम भोग्ने धम्की पनि दिए । यद्यपि, उनले पनडुब्बीहरू कहाँ तैनाथ गरिनेछ भनेर खुलाएका छैनन् । ट्रम्पले सामाजिक...

अमेरिकामा बोइङ ७८७ ड्रीमलाइनर विमान आपतकालीन अवतरण
भारतको अहमदाबाद दुर्घटनामा एयर इन्डियाको बोइङ विमानमा भएको प्राविधिक गडबडीजस्तै अर्को घटना अमेरिकामा पनि प्रकाशमा आएको छ। स्यान्टियागो जाँदै गरेको लाटम एयरलाइन्सको बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा प्राविधिक समस्या आएपछि लस एन्जलस विमानस्थलमा आपतकालीन अ...

सडकमा पहिरो र लेदो थुप्रिएपछि मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
सडकमा पहिरो र लेदो थुप्रिएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानक...

राजेश हमाललाई नेपाल चलचित्र कलाकार संघको मानार्थ सदस्यता
नेपाल चलचित्र कलाकार संघले महानायक राजेश हमाललाई मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरेको छ। संघको विधानअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्तित्वलाई दिइने मानार्थ सदस्यता यसपटक हमाललाई प्रदान गरिएको हो। शुक्रबार आयोजित क...

मधेशसहित देशका केही ठाउँमा रातिदेखि वर्षा, तीन प्रदेशमा दिउँसो ठूलो पानी पर्ने सम्भावना
गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, कैलालीलगायत ठाउँमा राति मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति काठमाडौं उपत्यकामा पनि पानी परेक...

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर
जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ । रोजगारीमा रहेका व्यक्तिहरुको संख्या भ...

ट्रम्पले जीतको घोषणा गरेको १२० दिने 'ट्यारिफ युद्ध'– अमेरिकाले के पायो ?
दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको ६ महिनापछि डोनाल्ड ट्रम्पले विश्वका अरू देशसँगको ट्यारिफ युद्धमा आफू विजयी भएको घोषणा गरेका छन् । १२० दिनअघि ट्रम्पले ‘लिबरेसन डे’ घोषणा गर्दै क्यानाडा, मेक्सिको, चीनलगायत अन्य धेरै देशहरूसँग ट्यारिफ युद्ध शुरू ग...

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– सरकार बनाउने र भत्काउने खेलमा छैनौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको बताएका छन् । संगठन सुद्धिकरणमार्फत पार्टीलाई बलियो बनाउने काममा लागेको उनले बताए । शुक्रबार शुरू पार्टी स्थायी कमिटी बैठकमा समसामयिक प्रस...

एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका छन्- शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले आज एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताएका हुन...

धौबादी फलाम खानी सञ्चालनका विषयमा अर्थमन्त्री र उद्योग मन्त्रीबीच छलफल
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री दामोदर भण्डारीबीच छलफल भएको छ । उनीहरूबीच शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा धौबादी फलाम खानी सञ्चालनलगायतका विषयमा छलफल भएको हो । नवलपुरको हुप्सेकोट, बुलिङटार र बौद्ध का...

पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक, राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको कार्यालय स्थापना
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक वर्षको अवधिमा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गरेका छन् । मन्त्री चौधरीले शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन् । मन्त्री चौधरील...

स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र भएर सेवा गर्न दिनुपर्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै गएको बताएका छन् । स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रूपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाइ छ । बीपी को...

एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किए बागमती प्रदेशका नेताहरू
नेकपा एकीकृत समाजवादीका बागमती प्रदेशका नेताहरू आफ्नो मूलघर एमालेमै फर्किएका छन् । पेसागत महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका अधिकांश नेताहरू शुक्रबार एमाले फर्किएका हुन् । एमाले फर्किनेहरूमा ...

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो १ बजेपछि शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछन् । यसअघि बुधबार बसेको पदाधिकारी बैठकले स्थायी ...

चितवनमा बढ्यो डेंगुको प्रकोप : १५ दिनमा २० जनामा संक्रमण
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेंगुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगुक...

पाटन अस्पताललाई स्तरोन्नति गरिने
ललितपुरको पाटन विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पाटन अस्पताललाई स्तरोन्नति गरिने भएको छ । हाल ६०० शय्यामा सञ्चालित उक्त अस्पताललाई १ हजार २०० शय्यामा सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी रायसुझाव सङ्कलन गर्ने काम भइरहेको छ ।...

ट्रम्पले पाकिस्तानलाई पनि लगाए कर, तर अरूको भन्दा कम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक धेरै देशहरूमा कर लगाउने घोषणा गरेका छन् । यद्यपि, अमेरिकाले पाकिस्तानमा लगाएको १९ प्रतिशत कर दक्षिण एसियाली कुनै पनि देशको तुलनामा सबैभन्दा कम हो । साथै, अमेरिकाले भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरिस...

देउवासँग छलफल गरेपछि राजीनामा दिने तयारीमा मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने भएका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएका लामाले सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि राजीनामा दिने तयारी गरेका हुन् । बिहीबार सभापति देउवाले लामालाई छलफलको लागि ब...

कर्णाली डेभलपमेन्ट बैंक घोटाला– डाक्टर पढेको छोरोलाई समेत संलग्न गराएर ठगी !
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकमा भएको अर्बौंको वित्तीय घोटालाको केन्द्रमा पारिवारिक मिलोमतो र जालसाजीको जटिल सञ्जाल रहेको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरेपछि जिल्ला सरकारी वकिल कार्यालय बाँके...

एमालेनिकट खेलकुद महासंघको निष्कर्ष- नेतृत्वमा अध्यक्ष ओलीको विकल्प छैन
नेकपा (एमाले)को जनसंगठन नेपाल खेलकुद महासंघको नवौँ केन्द्रीय पदाधिकारी बैठकले एमाले नेतृत्वमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको छ । महासंघको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बसेको केन्द्रीय पदाधिकारी बैठकले 'समृद्ध न...

हठ त्यागेर मार्ग प्रशस्त गर्न मुख्यमन्त्री लामालाई बानियाँको आग्रह
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै...

उपनिर्वाचनका लागि दल दर्ता आह्वान, साउन २७ गतेसम्म आयोगमा निवेदन दिन सकिने
निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको ह...

ह्वाइट हाउसले भन्यो - ट्रम्पले ६ वटा द्वन्द्व समाप्त गरे, नोबेल शान्ति पुरस्कार दिने समय आएको छ
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी छिन्। राष्ट्रपति ट्रम्पले इजरायल-इरान र भारत-पाकिस्तानबीचको द्वन्द्वसहित ६ वटा द्वन्द्व समाप्त गरेको लेभिटले बताइन् । ...

आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यदेखि रेशमले बनाए बुबालाई अध्यक्षसम्म
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ घटाएको छ भने डिजेल तथा मट्टितेलको २ रुपैयाँ ...

शुभमन गिलले तोडे गावस्करको ४७ वर्ष पुरानो रेकर्ड
भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान शुभमन गिलले सुनील गावस्करको ४७ वर्ष पुरानो रेकर्ड तोडेका छन् । इङ्गल्याण्ड विरुद्धको पाँचौं टेस्टमा ठूलो इनिङ नखेले पनि आउट हुनुअघि गिल टेस्ट शृङ्खलामा सबैभन्दा धेरै रन बनाउने भारतीय कप्तान बनेका हुन् । उनीभन्दा पह...

चार प्रदेशका केही ठाउँमा बिहानैदेखि वर्षा, बागमतीका केही ठाउँमा राति ठूलो पानी पर्ने
गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गएराति सर्लाही, सप्तरी र आसपासमा हल्का वर्षा भएको हो । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...