
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, नेतृत्व चयनअघि विधान संशोधनको तयारी
काठमाडौं : एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए। उनले पार्टीको विधान संशोधनसहित समसामय...

पुष्पलालदेखि ओलीसम्म : नेतृत्व चयन र आरोह-अवरोहको वृत्तान्त
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको एमाले विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २...

कमजोरी सच्याउने सङ्कल्प गर्दै प्रचण्डले भने : एकता अभियानलाई नयाँ उचाइमा पुर्याउँछौं
सुर्खेत : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन्। शनिबार यहाँको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उनले अब नेता तथा कार्यकर्ताको उत्साहजन...

हर्क साम्पाङको दाबी : निर्वाचनपछि किसान, गोठाला र खेतालाको सरकार बन्नेछ
खोटाङ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन्। गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभामा उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन...

संसद् पुनःस्थापना हुनेमा विश्वस्त छौं : अध्यक्ष ओली
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रमा उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घुसपैठका क...

सहमति विपरीत प्रतिनिधि मनोनयनमा ओलीको एकलौटी, पोखरेल समूह असन्तुष्ट
काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। शुक्रबारको सच...

भदौ २३ र २४ को घटनामा ओलीलाई जिम्मेवार चित्रण गर्ने दुष्प्रयत्न गरियो : महासचिव पोखरेल
काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले एमाले र यसको नेतृत्वविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन्। पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा उनले ‘भदौ २३ र २४ गते’को घटनालाई लिएर अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने र पार्टी सिध्याउने खेल रचिएक...

महाधिवेशन स्थलबाट ओलीको गर्जन : लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र पुराना राजनीतिक दलहरूको सान्दर्भिकता सकियो भन्ने भाष्यलाई पूर्णतः खारेज गरेका छन्। पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा उनले एमाले ‘अजम्बरी’ शक्तिको रूपमा स्थापित भइसकेको दाबी गरे। साथै उनले एमा...

एमाले महाधिवेशनको मञ्चदेखि मैदानसम्म ओलीमय, संस्थापक नेताहरूको तस्बिर ‘फाट्टफुट्ट’ मात्र
भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह अहिले भक्तपुरको सल्लाघारीस्थित तिनकुनेमा जारी छ। महाधिवेशनको उद्घाटन स्थलमा देशका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता आएका छन्। महाधिवेशन स्थलमा प्रवेश गर्ने जुलुस, झाँकी र र्यालीहरूम...

एमाले महाधिवेशस्थल सल्लाघारीमा ‘मेला’को माहोल, अचार र घ्यूदेखि पुस्तकसम्मको व्यापार (तस्बिरहरू)
भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशन स्थल भक्तपुरको सल्लाघारी, तिनकुनेमा राजनीतिक सरगर्मीसँगै जात्राको झैँ माहोल देखिएको छ। मञ्चमा राष्ट्रिय राजनीतिक भाषणको तयारी भइरहँदा खुल्ला चौरमा भने कुनै ठूलो मेलाको झल्को दिने दृश्यहरू देखिन्छन्। महाधिवे...

एमाले महाधिवेशन : कडा सुरक्षाजाँचसहित सल्लाघारीमा प्रवेश सुरु, बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ
भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट आएका नेता तथा कार्यकर्ताहरूको प्रवेश सुरू भएको छ। भक्तपुरको सल्लाघारीस्थित तिनकुनेमा निर्माण गरिएको महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल बढेको हो। मुख्य प्रवेशद्वारमा कडा ...

छोरीको घरमा गएकी वृद्धाको खाना अड्किएर मृत्यु
धादिङ : धादिङमा खाना खाँदा घाँटीमा अड्किएर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नीलकण्ठ नगरपालिका-८ टारगाउँ निवासी ६२ वर्षीया बट्टाई विक रहेकी छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटना मङ्सिर २६ गते साँझ करिब ६ः२० बजेको हो। मृतक व...

एमाले महाधिवेशन : पदाधिकारीमा लुम्बिनीका ‘हेभिवेट’ नेताको रस्साकस्सी, आधा दर्जन बढीको दाबी
बुटवल : एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ। महाधिवेशनको सरगर्मी बढिरहँदा एमालेको ‘गढ’ मानिने लुम्बिनी प्रदेशबाट पदाधिकारीमा दाबी गर्ने नेताहरूको दौडधुप पनि तीव्र बनेको छ। सार्वजनिक रूपमा मुख नखोले पनि आन्तरिक लबिइङमा लुम्...

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
बेलबारी : हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका-१२ विराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अन...

सल्लाघारीमा एमालेको महाधिवेशन : प्रचण्ड र देउवासहित १६ दलका नेतालाई निम्तो, तीन लाख उपस्थित हुने दाबी
भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा आयोजना हुने भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन हुँदैछ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी प...

मौसम देशभर सफा रहने, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीको सम्भावना
काठमाडौं : हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला देशभरको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने ...

एमाले सचिवालय बैठक : पदाधिकारीको सङ्ख्या नबढ्ने, अध्यक्ष मण्डलमा सिङ्गो सचिवालय
काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ। सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पद...

किताब जात्रामा ‘किताबकै अरुचि’ : तीन स्टारले खोले स्कुलका रोचक किस्सा
काठमाडौं : पर्दामा आफ्नो सशक्त अभिनय र संवादले दर्शकको मन जित्न सफल कलाकारको बाल्यकाल कक्षाकोठामा कस्तो थियो होला ? धेरैलाई लाग्न सक्छ- उनीहरू पढाइमा पनि अब्बल विद्यार्थी थिए होलान्। शुक्रबार काठमाडौंको 'किताब जात्रा'मा नेपाली फिल्म क्षेत्रका तीन हस...

जेनजी फ्रन्टको नयाँ कदम : दमकबाट देशव्यापी जागरण अभियान
काठमाडौं : सरकार र जेनजी आन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछिको नयाँ चरणमा नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ। उक्त अभियानअन्तर्गत पहिलो जागरण सभा झापा क्षेत्र नं ५ बाट सुरु हुनेछ। आइतबारदेखि झापाको दमकमा आयोजना गरि...

घुस प्रकरण : नापी कार्यालयका पर्साका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर
वीरगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ। आयोगको टोलीले गत म...

नवनियुक्त श्रममन्त्री भण्डारी भन्छन् : द्वन्द्व व्यवस्थापन गर्न सघाउँछु
काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात् मन्त्री भण्डारी...

चुनावी वातावरण बनाउन आग्रह गर्दै भुसाल भनिन् : आगामी चुनावले देशलाई लयमा ल्याउँछ
तनहुँ : नेपाली कम्युनिष्ट पार्टीका नेतृ पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन्। शुक्रबार दमौलीमा आयोजित पार्टीको एकता सन्देश सभामा उनले देशमा सृजना भएको विषम परिस्थिति प्रतिनिधिसभाको चुनावपछि समाधान हुँदै जा...

पूर्वराजाको ‘भान्जा’ भन्दै ठगी गर्ने सिंह पक्राउ, पहिलै दर्ता भएका थिए सात मुद्दा
काठमाडौं : विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना युवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्। सिंहसहित दोलखाको मेलुङ गाउँपालिका-७ का ५१ वर्...

महाधिवेशनको पूर्वसन्ध्यामा एमालेभित्र तीव्र दौडधूप : कोही पद जोगाउने धुनमा, कोही जमाउने सुरमा
काठमाडौं : भावी नेतृत्वका लागि केपी शर्मा ओलीको निरन्तरता कि ईश्वर पोखरेलको नेतृत्वमा पुस्तान्तरण ? यही पेचिलो आन्तरिक बहस र तीव्र 'लबिङ'का बीच मङ्सिर २७ गतेदेखि (भोलि) एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु हुँदैछ। नेतृत्व चयनको रस्साकस्...

उपचारको क्रममा कैदीबन्दीको मृत्यु
पर्सा : वीरगञ्ज कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगर-१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन्। वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एक जना सवारी ज्यान मु...

देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको छ : मन्त्री घिसिङ
चन्द्रपुर : भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन्। रौतहटमा शुक्रबार आयोजित वृक्षारोपण जन्मोत्सव कार्यक्रममा मन्त्री घिसिङले देशक...

एमाले ११औँ महाधिवेशनको रौनक : चाँगुनारायणको झल्को दिने मञ्चदेखि सजावटसम्म (फोटो फिचर)
काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा भक्तपुरको सल्लाघारीस्थित मैदानमा मञ्च निर्माण लगायतका सम्पूर्ण व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको हो। मंसिर २७ गतेदेखि २९ गतेसम्म चल्ने...

नवनियुक्त चार मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्को सङ्ख्या १४ पुग्यो
काठमाडौं : नवनियुक्त चार मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथ...

एमाले सचिवालय बैठक जारी : पदाधिकारीको संख्या थपिएला ?
काठमाडौं : एमालेको सचिवालय बैठक अहिले केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको सचिवालय बैठक भोलिदेखि सुरु हुने ११ औं महाधिवेशनको विषयमा केन्द्रित छ। एमाले संस्थापन पक्षले पदाधिकारी संख्या र केन्द्रीय कमिट...

ओलीमाथि नैतिक प्रश्न उठाउँदै पाण्डेले भने : आफ्नै विचारमा उभिनुस्, बखेडाको विषय नबनाऔं
काठमाडौं : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नैतिक प्रश्न उठाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको युवा भेलामा उनले अध्यक्ष ओलीले समय र सुविधा अनुसार आफ्नो बोली फेरेको आरोप लगाए। पार्टीको विधान, न...

पुल्चोक क्याम्पसमा ‘एरोकनेक्सन’ द्वारा एभिएसन ओरिएन्टेसन कार्यक्रम सम्पन्न
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)मा आधारित एभिएसन मटेरियल सोलुसन कम्पनी ‘एरोकनेक्सन’ले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा एभिएसन अफ्टरमार्केट ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। एरोस्पेस तथा मेकानिकल इन्जिनि...

४३ वर्षपछि फराकिलो बन्दै रिडी-तम्घास सडक, ८५ प्रतिशत काम सम्पन्न
बुटवल : साँघुरो सडक र जोखिमपूर्ण घुम्तीका कारण दुर्घटनाको उच्च जोखिम रहेको गुल्मीको रिडी-तम्घास सडक खण्ड ४३ वर्षपछि स्तरोन्नति भइरहेको छ। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने यो सडकको ट्र्याक ४३ वर्षअघि खोलिएको थियो। पहिलो चरणमा रुरुक्षेत्र गाउँपालिका...

संसद् भवन परिसरमा ४५ ‘जेन-जी’ शहीदको सालिक बन्ने, १० बुँदे सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन
काठमाडौं : सरकारले जेन-जी जनआन्दोलनका ४२ जना शहीद र तीन जना अमर प्रहरीसहित ४५ जनाको सालिक नयाँ बन्ने संसद् भवनको परिसरमा निर्माण गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयको सिफारिसमा शहरी विकास मन्त्रालयले उक्त निर्माण प्रक्रिया अघि बढाउने भएको हो। विगत त...

आधा कार्यकाल सकिँदा सुशीला कार्की मन्त्रिपरिषद् विस्तारमै व्यस्त, थपिए चार नयाँ मन्त्री
काठमाडौं : सुशासनको माग राख्दै भएको जेन-जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको आधा कार्यकाल सकिन लाग्दा पनि मन्त्रिपरिषद् विस्तारको क्रम रोकिएको छैन। आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य म्यान्डेट पाएको सरकारले शुक्रबार चौथो पटक...

पूर्व-पश्चिम राजमार्गमा ट्रक र कार ठोक्किँदा एक वृद्धको मृत्यु, दुई घाइते
चन्द्रपुर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा एक वृद्धको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका-४ स्थित राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख...

भागेको आरोपपछि ग्रीनकार्ड लिएको स्वीकार्दै धुर्मुसले भने- भागेका होइनौं, छोरीको उपचार गर्न आएका हौं
काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको ऋणको भारी र अलपत्र योजनाका कारण चर्चा र विवादमा रहेका कलाकार सीताराम कट्टेल (धुर्मुस)ले आफू सपरिवार अमेरिका पुगेको स्वीकार गरेका छन्। कार्यक्रम ‘रजतपट’ले उनी अमेरिका भागेको, उतैको ग्रिन...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे
मुस्ताङ : जिल्लाको घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन्। स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक...